
काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित एक समारोहका बीच उनीहरूले शपथ लिएका हुन् ।
कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापाले शपथ लिएका छन् । मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रञ्जित कर्ण र महन्थ ठाकुरले सपथ लिए ।
बागमती प्रदेशबाट गीता देवकोटा र प्रेमप्रसाद दङ्गाल तथा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटाले शपथ लिँदा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरेले नयाँ सदस्यका रूपमा सपथ लिएका हुन् ।
कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खातीले राष्ट्रियसभा सदस्यको रूपमा शपथ ग्रहण गरेका छन् ।

संगालोखबर 















