संगालोखबर


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछाने ३९ हजार ४६८ मतान्तरले विजयी भएका हुन् ।

लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् ।

यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रताप गुरुङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो ।

लामिछानेले २०७९ र २०८० को उपनिर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!