संगालोखबर


विराटनगर । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । कुल १९ हजार १८८ मत खसेको रुकुम पूर्वमा १५ हजार ८२३ मत गणना भइसकेको छ ।

जसमा प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

अब ३ हजार ३६५ मत गणना गर्न बाँकी भएपनि गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् । मतगणना जारी रहेको छ भने औपचारिक घोषणा हुन बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!