
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं–१ बाट खाता खोलेको छ । रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मत ल्याउँदै विजयी भएकी हुन् ।
यस्तै काँग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । रञ्जु निर्वाचित औपचारिक घोषणा गर्न भने हुन बाँकी छ ।

संगालोखबर 















