संगालोखबर


काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

पटक-पटक पक्राउ पर्दै आएका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । उनलाई प्रहरीले सोमबार साँझ भक्तपुरबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर र अफवाह फैलाउन नपाउने कसुरमा पनि अनुसन्धान गर्न  जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । माघ ५ गते पनि उनी पोखराबाट पक्राउ परेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!