संगालोखबर


विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा साविक विजेता इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने दाउमा छ ।

भारतको मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा इंग्ल्यान्डले नेपाललाई १८५ रनको विशाल लक्ष्य दिएको थियो । उक्त खेलमा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन जोडेको थियो ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपको १० औँ संस्करणमा नेपालले समूह चरणका आफ्ना सबै खेलहरू मुम्बईमै खेल्ने छ । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमार्फत पहिलोपटक ऐतिहासिक पाइला टेकेको थियो ।

त्यसको १० वर्षपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि नेपालले दक्षिण अफ्रिका र बंगलादेश जस्ता बलिया टोलीहरूलाई कडा टक्कर दिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!