संगालोखबर


विराटनगर । काठमाडौंबाट ओखलढुङ्गा आउँदै गरेको बस दुर्घटनामा मृतकको संख्या १२ पुगेको छ । आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा खसेको हो ।

प्रहरीका अनुसार ६ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने ६ जनाको शव बस खसेको स्थानमा खोजी गर्दा फेला परेको हो । प्रहरीले २० जनाको उद्धार गरेको जनाएको छ । जसमध्ये १२ जनाको मृत्यु भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले संगालोखबरलाई जानकारी दिए ।

अन्य ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरीका सूचना अधिकारी राजन प्रसाद तिमल्सिनाले जानकारी दिए ।

‘६ जनालाई धुलिखेल अस्पताल पठाएका छौँ । १ जनाको छाउनी अस्पताल र १ जनाको मन्थलीमा उपचार भइरहेको छ’, प्रहरी निरीक्षक तिमल्सिनाले संगालोखबरसँग भने, ‘अन्य व्यक्ति पनि छन् भन्ने आशङ्का छ । हाम्रा मान्छे यही गाडीमा थिए, हराएका छन् भनेर केही आफन्त आउनुभएको छ । खोजी कार्य जारी छ ।’

रामेछाप बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!