
विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डसँगको खेलमा नेपालले टस हारेको छ । भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा इङ्ग्ल्यान्डका कप्तान ह्यारी ब्रूकले टस जितेर ब्याटिङ रोजेका छन् ।
नेपाली टोलीमा शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् । यस्तै मल्लसहित आरिफ शेख, लोकेश बम र नन्दन यादवले पहिलो पटक टी–२० विश्वकप खेल्दैछन् ।
दुई पटकको विजेता इङ्ग्ल्यान्डसँग नेपालको यो ऐतिहासिक खेल हो । नेपालले समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।

संगालोखबर 














