संगालोखबर


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ । झापा क्षेत्र नम्बर ५ र सुनसरी क्षेत्र नम्बर १ सहित १८ क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको हो ।

यस्तै डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । दैलेख निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नम्बर १ र २ तथा कैलाली क्षेत्र नम्बर १ को मतपत्र छपाइ सकिएको छ ।

नमुना मतपत्रतर्फ १० लाख ९८ हजार दुई सय छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!