संगालोखबर


काठमाडौं । देश र जनताको हितका लागि जीवन आहुति दिने सहिदहरूको सम्झनामा आज सहिद दिवस मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र नागरिक अधिकारका लागि संघर्ष गर्ने एवं बलिदान दिने ज्ञातअज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाउने गरिन्छ ।

नेपालको राजनीतिक इतिहासमा निर्णायक मोड ल्याउने ४ महान् सहिदहरू धर्मभक्त माथेमा, दशरथ चन्द्र, गंगाला श्रेष्ठ र शुक्रराज शास्त्रीको बलिदानलाई केन्द्रमा राखेर सहिद दिवस मनाइन्छ ।

राणा शासनको निरङ्कुशताविरुद्ध आवाज उठाउँदा तत्कालीन शासकले उनीहरूलाई मृत्युदण्ड दिएको थियो । उनीहरूको साहस, अडान र बलिदानले नै नेपालमा जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना सम्भव भएको ऐतिहासिक तथ्य अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

सहिद दिवस प्रत्येक वर्ष माघ १६ गते मनाइँदै आएको छ । यो दिन विगतको स्मरणमा सीमित नभएर प्रजातन्त्र स्थापना, पुनःस्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रता, अधिकार र न्यायका लागि ज्यान अर्पण गर्ने सबै सहिदको योगदानलाई सामूहिक रूपमा सम्झने अवसरका रूपमा लिइन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!