
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला २० हजार पाँच सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार तीन सय, सोमबार तीन लाख नौ हजार र आइतबार तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला दुई सय पाँच रुपैयाँ बढेर सात हजार पाँच सय पाँच रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदी प्रतितोला सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी प्रतितोला छ हजार आठ सय ७०, सोमबार छ हजार सात सय ६५, र आइतबार छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













