संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । रास्वपाबाट निष्कासनमा परेका श्रेष्ठलाई आज पार्टी अध्यक्ष साम्पाङले स्वागत गरेका हुन् । 

रास्वपाबाट सामनुपातिक सांसद रहँदा स्वास्थ्य मन्त्री बन्छु भन्दै उनले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएपछि पार्टीले अनुशासनको कारबाही गरेको थियो ।

त्यस्तै मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा समेत कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो । साम्पाङले केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ढाकाकुमार श्रेष्ठ ज्यूलाई श्रम संस्कृतिमा स्वागत छ । अब लागौँ है त ।’ 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!