संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला पाँच हजार दुई सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला छ हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला छ हजार चार सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!