संगालोखबर


काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा भावी प्रधानमन्त्रीको उम्मेदवार तोकिएकाहरूबीच सार्वजनिक बहस गर्नुपर्ने भन्ने विषयले अहिले चर्चा पाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह लगायतका भावी प्रधानमन्त्रीका उम्मेदवार भनिएकाहरूबीच सार्वजनिक बहसको आवाज उठेको हो ।

एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह झापा–५ बाट चुनावी मैदानमा छन् । ओलीले आज बिहान सामाजिक सञ्चालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै आफू सार्वजनिक बहसका लागि तयार रहेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएको छ । देशको नेतृत्व गर्न खोज्ने दलका एजेण्डा, विगतका काम र भविष्यको रोडम्यापबारे आमने–सामने बहस हुनु सकारात्मक छ’, ओलीले लेखेका छन् ।

ओलीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै पक्षलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रह समेत गरेका छन् । शाहले ओलीको स्टाटसमा कमेन्ट गर्दै ओलीसँगको सार्वजनिक बहस अस्वीकार गरेका छन् ।

‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ । २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ?’ उनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!