
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला नौ हजार दुई सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि आज नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला तीन सय २० रुपैयाँ बढेर छ हजार एक सय १० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी पाँच हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













