संगालोखबर


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । त्यसपछि निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु हुने छ । मतदान आउन अब ४१ दिन बाँकी छ ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

उम्मेदवारी फिर्ताको समय सकिएपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । त्यसपछि अपराह्‍न ४ बजेदेखि साँझ ७ बजेसम्म सम्बन्धित उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!