संगालोखबर


विराटनगर । उज्यालो नेपाल पार्टीका तीन जना केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् । कुलमान घिसिङ नेतृत्वको पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी उनीहरूले राजीनामा दिएका हुन् ।

पहिचानवादी नेताहरू डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले संयुक्तरूपमा राजीनामा दिएका हुन् । थेगिम पार्टीको समानुपातिक उम्मेदवार हुन् ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया अस्पष्ट रहेको तथा पहिचानसम्वन्धी एजेन्डा लिखित रूपमा स्पष्ट नभएकाले राजीनामा दिएको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूले अब स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उल्लेख गरेका छन् । कुलमान घिसिङले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए ।

ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए । उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान नामकरण गर्नुपर्ने मागसहितको आन्दोलनमा संलग्न रहँदै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!