
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण परीक्षा धकेलिएको हो ।
परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । त्यस्तै यही दिन मदरसातर्फ अनिवार्य अरबिक भाषाको परीक्षा हुनेछ ।
त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरआवासीय नेपाली विद्यार्थीको लागि अतिरिक्त अंग्रेजीको परीक्षा हुनेछ ।


संगालोखबर 













