
विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १० हजार चार सय रुपैयाँ बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले पनि आज नयाँ कीर्तिमान बनाएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँ बढेर पाँच हजार नौ सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













