
काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।
सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
पोखराबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको थियो । अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् ।
नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर अधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

संगालोखबर 













