संगालोखबर


काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा भएका छन् ।

सोमबार पोखराबाट पक्राउ परेका प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

पोखराबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको थियो । अनुसन्धान अधिकृतहरूले उनीसँग सार्वजनिक शान्ति विरुद्धको कसुरमा बयान लिएका छन् ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर अधिकारिकता लिएको उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!