
विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले पनि आज नयाँ कीर्तिमान बनाएको छ । आज चाँदी प्रतितोला ७० रुपैयाँ बढेर पाँच हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













