
विराटनगर । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नलड्ने भएका छन् ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आउँदो चुनावमा शेरबहादुर देउवाले भाग नलिने जानकारी गराएका हुन् ।
प्रतिनिधिसभा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका थिए ।

संगालोखबर 













