
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा पनि आज नयाँ कीर्तिमान कायम भएको छ । आज चाँदी प्रतितोला एक सय ८५ रुपैयाँ बढेर पाँच हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार छ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













