संगालोखबर

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार दुई सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि आज नयाँ कीर्तिमान कायम भएको छ । आज चाँदी प्रतितोला एक सय ८५ रुपैयाँ बढेर पाँच हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार छ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!