
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवारी मनोनयनका लागि आज झापा आउने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ताका लागि आज बिहान १०ः२५ बजेको जहाजबाट ओली झापा आउन लागेका हुन् ।
पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नम्बर १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर पछिल्लो अवस्थाका बारेमा जानकारी लिनेछन् । यसैगरी ३ नम्बर क्षेत्रको बारेमा पनि उनले भद्रपुरमै जानकारी लिने कार्कीले बताए ।
क्षेत्र नम्बर २ को बारेमा अध्यक्ष ओलीले बिर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नम्बर ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा जानकारी लिनेछन् ।
आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ का बारेमा जानकारी लिन दमकमा नेता कार्यकर्तासँग भेटघाट गर्ने तयारी छ । अध्यक्ष ओली जेन जी आन्दोलनका बेला जलाइएको आफ्नो दमक स्थित निवासमा पनि जाने तयारीमा छन् ।

संगालोखबर 













