संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला तीन सय १५ रुपैयाँ बढेर पाँच हजार छ सय ५५ रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!