
विराटनगर । भारतको हिमाचल प्रदेशको सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ टाकुराका दुई परिवारका ९ जना छन् ।
राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा घटना भएको जनाइएको छ । उक्त घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती ३२ वर्षीया कविता विक, छोरी राधा विक, रेनुका विक, छोरा राजन विकको मृत्यु भएको हो ।
यस्तै ४७ वर्षीय काशिराम विक, उनकी श्रीमती ३२ वर्षीया टीका विक, १२ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको मृत्यु भएको हो । धनबहादुर र काशिरामका परिवार पसलदेखि माथिको कोठामा बस्दै आएका र कामबाट फर्केर सुतेको बेला २७ गते राति आगलागी भएको उल्लेख छ ।
दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले सिद्ध कुमाख वडा नम्बर २ शोकमा डुबेको छ । वडा कार्यालयले आज शोक बिदा समेत दिएको छ ।

संगालोखबर 













