
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला एक सय ४५ रुपैयाँ बढेर पाँच हजार तीन सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













