संगालोखबर


विराटनगर । नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला एक सय ४५ रुपैयाँ बढेर पाँच हजार तीन सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!