संगालोखबर


काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पताल नजिकै बाफलमा बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा वृद्धको शव फेला परेको छ । इलाम घर भएर ललितपुर महानगरपालिका-१७ स्थित प्रसिद्धि टोल बस्दै आएका ८३ वर्षीय गर्जमान थापाको शव भेटिएको हो ।

थापा पुस २६ गतेदेखि हराएको भन्दै परिवारले प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएका थिए । खोजतलासको क्रममा इनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

वृद्धको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!