संगालोखबर


विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश अन्तरगतको युवा समितिले आयोजना गरेको ‘पिच फेस्ट १.०’ मा उत्कृष्ट उद्यम योजना प्रस्तुत गर्ने नगदसहित पुरस्कृत भएका छन् ।

नवप्रवर्तनका योजनाहरूमध्ये सर्वाेत्कृष्ट भएको सल्फोराले नगद १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी दोस्रो भएको अमर आर्टले ५० हजार र तेस्रो भएको सोल्भीले ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।

Advertisement

उनीहरूलाई परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।

परिसंघको आह्वानबमोजिम छनौट भएका २० वटा नवप्रवर्तन योजनामध्ये अन्तिम प्रतिष्पर्धाका लागि ८ वटा छनौट भएका थिए । ८ वटा योजनामध्येबाट शनिबार उत्कृष्ट तीनवटा नवउद्यमलाई पुरस्कार प्रदान गरिएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.विजु थपलिया, विकल्प एन अन्टरनेटिभका निर्देशक बसन्त अधिकारी, कार्भिका थापा र प्रतीक राउतको प्यानलले आठवटै नवप्रवर्तन योजनाको प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जना छनौट गरेका थिए ।

कार्यक्रमको उद्‌घाटन कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीले गरेका थिए । उनले प्रदेश सरकारले समेत नवप्रवर्तनलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

परिसंघका कोशी अध्यक्ष सारडाले प्रोत्साहनका लागि उत्कृष्ट उद्यमीलाई नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए । उनले भविष्यमा सफल नवउद्यमी बनाउन कार्यक्रम फलदायी भएको बताए ।

उत्कृष्ट भएका तीन नवउद्यमीले परिसंघको राष्ट्रिय युवा समितिले काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागिता जनाउने परिसंघका महानिर्देशक विजयहरि शर्माले जानकारी दिए ।

नबिल बैंक, सिएसआईटी एसोसिएसन र काफल इभेन्ट म्यानेजमेन्टसँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!