संगालोखबर

विराटनगर । नेकपा एमालेको दोस्रो केन्द्रीय सचिवालय बैठकले कोशी प्रदेशका १४ वटै जिल्लामा इन्चार्ज तोकेको छ । मंगलबार बसेको सचिवालय बैठकले पार्टी सचिव शेरधन राईलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेशसँगै कोशीका १४ वटै जिल्लामा इन्चार्ज तोकेको छ । जसअनुसार ताप्लेजुङमा तिलकुमार मेन्याङ्बो र पाँचथरमा आइन्द्र सुन्दर नेम्वाङलाई इन्चार्ज तोकिएको छ ।

इलाममा राम राना, झापामा रोम ओली र मोरङमा ऋषिकेश पोखरेललाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । यस्तै सुनसरीमा जगदीश कुसियैत, उदयपुरमा मञ्जु चौधरी, खोटाङमा विशाल भट्टराई र ओखलढुङ्गामा यज्ञराज सुनुवारलाई इन्चार्ज बनाइएको छ ।

सोलुखुम्बुमा मानवीर राई, भोजपुरमा हेमराज राई, सङ्खुवासभामा तुलसी न्यौपाने, तेह्रथुममा विष्णुमाया विक र धनकुटामा राजेन्द्र राईलाई इन्चार्ज तोकिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!