संगालोखबर


विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ । सोमबार जेनजी आन्दोलनको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई  तोकेको स्थान हद फुकुवा गरेको हो ।

यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छोड्न रोक लगाएको थियो । जेनजी घटनाका बारेमा सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भएकाले ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय अब औचित्यहीन भएको आयोगले जनाएको छ ।

Advertisement

गत भदौ २३ र २४ गते घटनासम्बन्धी गठित जाँचबुझ आयोगले असोज १२ गते ओलीलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!