संगालोखबर


विराटनगर । विराटनगरमा ११ दिनसम्म सञ्चालन भएको ‘विराट ट्रेड एक्स्पो २०२५’ सम्पन्न भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा पुस ९ गतेबाट सुरु भएको एक्स्पो पुस १९ गते सम्पन्न भएको हो ।

एक्स्पोमा ५० करोड बराबरको कारोबार भएको संयोजक अमित शारडाले जानकारी दिए । उक्त अवधिमा करिब एक लाख ५० हजार जनाले मेलाको अवलोकन गरेको उनको भनाइ छ ।

एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान र बंगलादेशका विभिन्न उत्पादनका दुई सय बढी स्टलहरू राखिएका थिए । एक्स्पो समापनमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यावसायिक क्षेत्रमा महोत्सवले नवीन उत्साह थपेको उल्लेख गरे ।

नेपालको औद्योगिक विकासमा विराटनगरको अत्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उनले उद्यमशीलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमीहरूले मुलुकमा औद्योगिक क्रान्ति ल्याएको बताए ।

संघका अध्यक्ष अनुपम राठीले पछिल्ला केही वर्षदेखि मुलुकको अर्थतन्त्र निरन्तर दबाबमा रहेको उल्लेख गरे । उनले अपेक्षा गरेअनुरूप नै एक्स्पो सम्पन्न भएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!