संगालोखबर


विराटनगर । मोरङ व्यापार संघको आयोजनामा संचालन भइरहेको विराट ट्रेड एक्स्पोमा स्टार्टअप आइडिया पिच गरिएको छ । आज सातवटा आइडिएटरले आफ्ना आइडिया पिच गरेका हुन् ।

यसको निर्णायकमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, खजुरीको कम्पनीका अध्यक्ष जगन्नाथ महर्जन, संघका उपाध्यक्ष अनिल शारडा, कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा.सन्देशदास श्रेष्ठ रहेका थिए ।

Advertisement

कार्यक्रममा मोरङका रेवती दाहालले हलो एग्री प्रालिको कन्सेप्ट प्रस्तुत गरेका थिए ।  खाद्य आपूर्ति गर्ने उद्देश्यसाथ उपभोक्ता परिवारलाई सबै खाद्य सामग्री आपूर्ति गर्ने आइडिया उनले पिच गरे । पाँच वर्षमा देशका सबै महानगरपालिकामा विस्तार गर्ने लक्ष्य रहेको दाहालले बताए ।

इलाम सूर्याेदयका प्रमोद सापकोटा ग्रिन इनोभेसनमा आधारित पोलिएका रातो इँटालाई विस्थापित गर्ने प्रविधिबारे जानकारी गराए । वातावरण मैत्री इँटा बालुवा तथा माटो प्रयोग गरेर बनाइने उनले बताए ।

विराटनगरका ऋषि माहेश्वरीले खाद्यान्न सम्बन्धी आफ्नो गफसफ ब्रान्डको विषयमा प्रस्तुति दिए । झापाका सिमन ताजपुरिया गुरुकुल पुस्तकालय डटकम नाममा आफ्नो आइडिया पिच गरेका थिए । विद्यार्थीले प्रयोग गरेका पुराना र खेर जाने पुस्तकहरू पुनः प्रयोग गर्ने उनले प्रस्तुति दिए । यो किताब प्रेमीहरूलाई पुस्तक बेच्ने प्लेटफर्म हो ।

मोरङका भिजन प्रताप खत्रीले एग्रिकल्चर सम्बन्धी आफ्नो प्रस्तुति दिएका थिए । मोरङका सुगन्ध रेग्मी फुड एन्ड बेभरेज सम्बन्धी प्रस्तुति दिए । विज्ञान घिमिरेले स्वाद मित्रताको अड्डा नामक भेइकल फुडको आइडिया सुनाएका थिए ।

विज्ञान घिमिरे र सुमन कुमार शर्माले नर्सिङ पढाईका लागि सम्पूर्ण पाठ्यसामग्री उपलब्ध हुने एआईमा आधारित नयाँ कम्प्युटर एप्लिकेसनसँग सम्बन्धित आइडिया प्रस्तुत गरेका थिए ।

मोरङ उद्योग व्यापार संघले आह्वान गरेअनुसार कोशी प्रदेशका १० जिल्लाबाट ५२ वटा आइडिया प्राप्त भएकोमा उत्कृष्ट २५ मध्येबाट १५ जना छनोट भएका थिए । कोशी प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदीले स्टार्टअप इकोसिस्ट महत्वपूर्ण भएको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!