संगालोखबर
फाइल तस्बिर

विराटनगर । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारले नयाँ वर्षको शुभारम्भसँगै आपसी सद्भाव, सामाजिक एकता, प्रकृतिप्रेम र समृद्धिको सन्देश दिने मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

उनले यो पर्वले मौलिक संस्कृतिको जगेर्ना गर्दै परम्पराको संरक्षण र सामाजिक एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

शुभकामना सन्देशमा कोशी प्रदेश बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानले सम्पन्न रहेको उल्लेख गर्दै यस्ता पर्व-संस्कृतिले हाम्रो संस्कृति र गौरवलाई समृद्ध बनाउने उल्लेख गरेका छन् ।

प्रदेश सरकारले स्थापना कालदेखि नै विभिन्न समुदायका पर्व तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको पनि मुख्यमन्त्री कार्कीले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले विविधतायुक्त समाजमा यस्ता पर्वहरूको माध्यमबाट आपसी सद्भाव र सहकार्य मजबुत भई समृद्धिको यात्रामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

साथै आजै परेको कुलुङ जातिको चाक्चापुर पर्वको अवसरमा पनि मुख्यमन्त्रीले शुभकामना व्यक्त गरेका छन् । समुदायको ऐतिहासिक योगदान, सांस्कृतिक धरोहर र सामाजिक एकताले प्रदेशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!