
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार नौ सय रुपैयाँ घटेको हो ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । दिनहुँ नयाँ रेकर्ड बनाइरहेको चाँदीको मूल्य आज तीन सय पाँच रुपैयाँ घटेको हो । महासङ्घका अनुसार आज चाँदी प्रतितोला चार हजार पाँच सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 
















