संगालोखबर


विराटनगर । श्रम संस्कृति पार्टीले कसैसँग एकता नगर्ने पार्टी अध्यक्ष हर्क साम्पाङले घोषणा गरेका छन् । धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले जसलाई जोसँग मिल्न मन लाग्छ मिल्दा हुने प्रतिक्रिया दिँदै श्रम संस्कृति पार्टी कोहीसँग नमिल्ने बताएका हुन् । ‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन्’, उनले भनेका छन्, ‘जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन ।’

Advertisement

उनले श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्ने उल्लेख गरेका छन् । यस्तै देशको ढुंगाको, माटोको राजनीति गर्ने बताएका छन् । श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार र मौलिक पनको राजनीति गर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!