
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । बिहीबार ६ सय रुपैयाँले घटेको सुन आज एक हजार आठ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार तीन सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ६५ रुपैयाँले बढेर चार हजार पाँच सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













