
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज चाँदी प्रतितोला एक सय ६५ रुपैयाँले बढेर चार हजार चार सय २० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 













