
विराटनगर । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका तराई भू-भागमा हुस्सु रहने छ ।
कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा मध्यान्ह सम्म तथा बाँकी तराई भू-भागमा दिनभर कुहिरोको समेत सम्भावना छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति पनि तराई भू-भागमा हुस्सु रहनेछ । पहाडी तथा हिमाली भू-भागको मौसम राति मुख्यतया सफा रहने छ । बिहीबार दिउँसो तराई भू-भागमा हुस्सु र कुहिरो रहने महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
बिहीबार राति देशका तराई भू-भागमा हुस्सु र कुहिरो रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो देशका तराई भू-भागमा हुस्सु र कुहिरो लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रबार राति देशका तराई भू-भागमा हुस्सु र कुहिरो रहने छ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
तराई भू-भागमा हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।

संगालोखबर 













