
काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक मिराज ढुङ्गानाले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् ।
आन्दोलन शान्तिपूर्ण हुने उनको भनाइ छ । उनले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरेका छन् ।
सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएको जनाइएको छ । ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् ।

संगालोखबर 













