संगालोखबर


विराटनगर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट सबैभन्दा बढी पदाधिकारी चयन भएका छन् । कोशीबाट अध्यक्षसहित पाँच जना पदाधिकारी चयन भएका हुन् ।

अध्यक्षमा केपी शर्मा ओली, उपमहासचिवमा योगेश भट्टराई तथा सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की र भानुभक्त ढकाल निर्वाचित भएका छन् । बाग्मती उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ र रघुजी पन्त निर्वाचित हुँदा सचिवमा महेश बस्नेत र राजन भट्टराई निर्वाचित भए ।

Advertisement

लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा विष्णुप्रसाद पौडेल र गोकर्णराज विष्ट तथा महासचिवमा शंकर पोखरेल र सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भए ।गण्डकी प्रदेशबाट उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुँदा सचिवमा पद्माकुमारी अर्याल र खगराज अधिकारी चयन भए ।

मधेस प्रदेशबाट रघुवीर महासेठ र सुदूरपश्चिमबाट लेखराज भट्ट उपमहासचिवमा निर्वाचित हुँदा कर्णाली प्रदेशबाट यामलाल कँडेल सचिवमा निर्वाचित भए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!