
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङसहित पाँच जना निर्वाचित भएका छन् । गुरुङले सर्वाधिक १७३७ मत प्राप्त गरेका छन् ।
यस्तै विष्णुप्रसाद पौडेलले १६७५ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भए । रामबहादुर थापा ‘बादल’ १५१६ र गोकर्णराज विष्ट १३६८ मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित भए । रघुजी पन्त १२५८ मत ल्याउँदै उपाध्यक्षमा विजयी भए ।
अहिलेका उपाध्यक्ष समेत रहेका गुरु बराल ११३७ मत ल्याउँदै पराजित भए । बिन्दा पाण्डे ९२१, पर्शुराममेघी गुरुङ ४६१, अरुण नेपाल ४३९, टंकप्रसाद कार्की ३५८ र भीमप्रसाद आचार्य २६५ मत ल्याएर उपाध्यक्षमा पराजित भए ।

संगालोखबर 













