
काठमाडौं । नेकपा एमालेको सचिवमा अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै निर्वाचित भएको छ । निर्वाचित सचिवमध्ये सबैभन्दा बढी मत महेश बस्नेतले ल्याएका छन् ।
उनले १५४४ मत ल्याएर विजयी भएका हुँदा पद्माकुमारी अर्याल १५३० मत ल्याएर विजयी भएकी छन् । यसैगरी छविलाल विश्वकर्मा १५०६ मत ल्याएर विजयी भए ।
शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कंडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत ल्याएर सचिवमा निर्वाचित भए ।

संगालोखबर 












