
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सचिव पदका उम्मेदवार महेश बस्नेत अगाडि देखिएका छन् । उनले पछिल्लो मत परिणाम अनुसार सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
बस्नेतले ७८३ मत प्राप्त गर्दा दोस्रो स्थानमा पद्मा कुमारी अर्यालले ७७८ मत पाएकी छन् । यस्तै छविलाल विश्वकर्माले ७६९, शेरधर राईले ७६७, हिक्मत कुमार कार्कीले ६७२, यामलाल कँडेलले ६२६, खगराज अधिकारीले ६८०, राजन भट्टराईले ५८१, भानुभक्त ढकालले ५५२ र गोकुल प्रसाद बाँस्कोटाले ५२८ मत प्राप्त गरेका छन् ।
यसैगरी ठाकुर प्रसाद गैरेले ४६२, रचना खड्काले ४५९, विनोद ढकालले ३५५, लालबाबु पण्डितले ३९९, अग्नि प्रसाद खरेलले ३७७, कृष्ण गोपाल श्रेष्ठले ३२५, पुरुषोत्तम पौडेलले २३०, पेम्बा लामाले २५५ र इन्द्रलाल सापकोटाले २०९ मत पाएका छन् । अहिले मतगणना जारी छ ।

संगालोखबर 












