
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतगणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् ।
अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ओलीलाई पछ्याइ रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १५६ मत ल्याउँदा पोखरेलले ६७ मत ल्याएका छन् ।
महाधिवेशन सचिवालयका अनुसार निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालेर मुचुल्का हस्ताक्षर गरेपछि मतगणना सुरु भएको हो ।

संगालोखबर 












