संगालोखबर


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । विद्युतीय उपकरण मार्फत हुने मतदान दिउँसो ४ बजेपछि सुरु हुने जनाइएको छ ।

नयाँ नेतृत्वमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह चुनावी मैदानमा छन् । उम्मेदवारलाई उपकरणमा सूचीकृत गर्न अपराह्‍न चार बजेसम्म लाग्ने जनाइएको छ ।

Advertisement

त्यसपछि मतदान प्रक्रिया अघि बढ्ने छ । मतदान गर्न एकजना मतदातालाई कम्तीमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा भूगोल, गैरभूगोल, आयोजक, विभाग, निकाय र मनोनीत गरी कूल दुई हजार दुई सय ६२ प्रतिनिधि छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!