संगालोखबर


विराटनगर । भन्सार एजेन्टहरूले आन्दोलन फिर्ता लिएका छन् । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएको हो ।

आन्दोलन रोकिएसँगै भन्सार जाँचपासको काम शुरु भएको छ । महासङ्घले विज्ञप्ति निकालेर माग सम्बोधन गर्न भन्सार विभाग सकारात्मक भएकोले पेन डाउन कार्यक्रम फिर्ता भएको जनाएको छ । यस्तै भन्सार विभागले पनि विज्ञप्ति निकालेर भन्सार एजेन्ट र विभागबीचको वार्ता सकारात्मक रूपमा टुङ्गिएको जानकारी दिएको छ ।

भन्सार ऐन २०८२ मा समावेश गरिएका कतिपय प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजिकरणमा नकारात्मक असर पार्ने वातावरण सिर्जना भएको भन्दै भन्सार एजेन्ट महासङ्घ नेपालले देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन गर्दा भन्सार जाँचपास ठप्प भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!