संगालोखबर


विराटनगर । भन्सार एजेन्टहरू आन्दोलित हुँदा देशभरका सबै भन्सार कार्यालयमा जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गरेका हुन् ।

जसले गर्दा भन्सार जाँचपासका काम पूर्णरूपमा ठप्प भएका छन् । मङ्सिर २१ गतेदेखि लागू भएको भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा महासङ्घले देशभर भन्सार सेवा अवरुद्ध गरेको हो ।

Advertisement

महासङ्घका अनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग-व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ ।

भन्सार ऐन २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासङ्घले दण्ड-जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर-आईडी व्यवस्थापन लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो । तर लागू भएको ऐनले अनावश्यक दण्ड-जरिवाना थपेको र तजबिजी अधिकार बढाएको भन्दै महासङ्घ आन्दोलित भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!