
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज पहिलो क्वालिफायर खेल हुँदैछ । आजको खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
लिग चरणमा विराटनगरले सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाएको थियो । लिगमा सुदूरपश्चिमले पहिलो र विराटनगरले दोस्रो स्थान सुनिश्चित गरेका थिए । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोड्दा विराटनगरले १० अंक जोडेको थियो ।
आजको खेलमा जित निकाल्ने टिमले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित हुने टिमले बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

संगालोखबर 













