संगालोखबर


धनकुटा । श्रम संस्कृति पार्टीले धनकुटामा वृहत जनसभा गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर २५ गते वृहत जनसभा गर्न लागिएको जानकारी दिएको हो ।

जनसभालाई सम्बोधन गर्न पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ आउने जनाइएको छ । सभा धनकुटाको तल्लो टुँडिखेलमा हुनेछ ।

Advertisement

धनकुटा बसपार्कबाट निकालिने र्‍याली टुँडिखेलमा पुगेर कोणसभामा परिणत हुने पार्टीका जिल्ला अध्यक्ष आकाश राईले जानकारी दिए । जिल्लामा पार्टी कार्यालयको उद्‌घाटन गरि संगठन विस्तार र श्रमदानको महाअभियानको शुभारम्भ स्वरुप जनसभा गर्न लागिएको उनले बताए ।

पार्टी अध्यक्ष साम्पाङले पार्टी स्थापनाको उद्देश्य, कार्यदिशा, संगठन विस्तार र आगामी निर्वाचनलाई केन्द्रीत गरी सम्बोधन गर्ने जनाइएको छ । श्रम संस्कृति पार्टी मातृभूमिको रक्षाको लागि जन्मिएको भन्दै माटोको रक्षाका सबै एकजुट हुनुपर्ने जिल्ला अध्यक्ष राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!